Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु

तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु

  • 553
    SHARES
  • तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु

    फुङ्लिङ । तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको लडेर मृत्यु भएको छ ।

    ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कानूनी प्रक्रियाका लागि टोली खटिइसकेको जनाइएको छ । घटनास्थललाई लेलेप प्रहरी चौकीले सुरक्षित गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij