Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

  • 400
    SHARES
  • जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

    बैतडी । जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो ।

    न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अंक ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा.दिपेश श्रेष्ठले बताए । वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अंक ल्याएको थियो ।

    सो अस्पताल यही मंसिरमा गरेको अनुगमनमा ८९ प्रतिशत अंक ल्याउँदै प्रथम हुन सफल भएको हो । विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अंक दिइएको जनाइएको छ ।

    प्रशासन व्यवस्थान, क्लिनिकल सर्भिस, हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा प्रदेशकै प्रथम हुन सफल भएको अस्पतालका प्रमुख डाक्टर श्रेष्ठले बताए ।

    न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको र अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउनेतर्फ लाग्ने अस्पतालले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij