Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

स्याङ्जा-२ मा कांग्रेस उम्मेदवारको अग्रता कायमै

स्याङ्जा-२ मा कांग्रेस उम्मेदवारको अग्रता कायमै

  • 363
    SHARES
  • स्याङ्जा-२ मा कांग्रेस उम्मेदवारको अग्रता कायमै

    स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं-२ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका हुन्। गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६ सय ३१ मतले अगाडि छन् ।

    हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत प्राप्त गरेकी छिन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६ सय ६२ मत प्राप्त गरेका छन् ।

    हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका-११, भिरकोट नगरपालिका-५, वालिङ नगरपालिका-१२, कालीगण्डकी गाउँपालिका-७ तथा चापाकोट नगरपालिकाका चार वडा गरी ३९ वडाको मगतणना सकिएको छ ।

    अब चापाकोट नगरपालिका-५, ६, ७, ८, ९ र १० को मतगणना मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तैगरी स्याङ्जा क्षेत्र नं-२ (२) मा कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाउँदै लगेका छन् ।

    चापाकोट नगरपालिका-४ वडासम्मको मतगणना सकिँदा भट्टराई एक हजार नौ सय ६६ मतान्तरसहित अगाडि छन् । भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार सात सय ४९ मत प्राप्त गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij