Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

प्रदर्शनको छैठौँ सातामा ‘महापुरूष’

प्रदर्शनको छैठौँ सातामा ‘महापुरूष’

  • 356
    SHARES
  • प्रदर्शनको छैठौँ सातामा ‘महापुरूष’

    काठमाडौं । चलचित्र ‘महापुरूष’ प्रदर्शनको छैठौँ सातामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको यो चलचित्र १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ ।

    images

    अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन ‘५१औँ’ दिनतर्फ लम्किरहेको छ । नेपालका हलमा प्रदर्शन भएर मात्रै पनि १० करोड रूपैयाँ ‘ग्रस कलेक्सन’ गरिसकेको छ । स-परिवार नै चलचित्र हेर्न हलसम आउने हुँदा यसको दर्शक बढीरहेका छन् ।

    चलचित्रले परिवारलाई जोड्ने काम समेत गरिरहेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए ।

    उनले भने, ‘हाम्रो चलचित्र हेर्न परिवार जम्मा भएर आइरहनु भएको छ । चलचित्र हेर्ने बहानामा उहाँहरूको घुमघाम समेत भइरहेको छ । चलचित्रले स्वदेशसँगै विदेशबाट पाइरहेको माया र प्रतिक्रियालाई धन्यवाद भन्ने शब्द नै हामीसँग छैन । समाजमा गाडिएको गम्भीर विषयलाई पर्दासम्म ल्याउन यसले हामीलाई थप बल मिलेको छ ।’

    छैठौँ सातामा चलचित्रले मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आउटलेटमा ११ शो पाएको छ ।

    क्युएफएक्सअन्तर्गत भक्तपुरमा रहेको क्युएफएक्समा २ शो, लबिम मलमा २ शो, सिभिल मलमा २ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसलअन्तर्गत नेपालगन्जमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विर्तामोडमा १ शो दिएको छ ।

    काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १ शो, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा १ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा २ शो, किर्तिपुर सिनेप्लेक्समा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ३ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा १ शो र कालिमाटीमा २ शो दिएको छ ।

    यस्तै आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा २ शो र बुटवलमा रहेको आइएनआइमा २ शो दिएको छ । पाँचौ सातामा शोहरू यथावत रहनुले दर्शकको आकर्षण कम नभएको स्पष्ट हुन्छ ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology