Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

तेह्रथुमका आठ पत्रकार पुरस्कृत

तेह्रथुमका आठ पत्रकार पुरस्कृत

  • 278
    SHARES
  • तेह्रथुमका आठ पत्रकार पुरस्कृत

    तेह्रथुम । नेपाल पत्रकार महासंघ तेह्रथुमले १२औँ साधारण सभाको अवसरमा जिल्लाका आठजना पत्रकारलाई सम्मान गरेको छ ।

    महासंघले कान्तिपुर मिडिया ग्रुपका संवाददाता चन्द्र कार्कीलाई तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार-०७९ बाट पुरस्कृत गरेको छ ।

    यस्तै महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष तथा रेडियो तेह्रथुमका सहायक स्टेसन म्यानेजर नरेश ढुंगाना पनि सम्मानित भएका छन् ।

    महासंघले जिल्ला शाखाका अर्का पूर्वअध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेममा कार्यरत कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कार बाट सम्मान गरेको छ ।

    त्यस्तै तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेममा कार्यरत जानुका नेपाल र रेडियो तेह्रथुममा कार्यरत अस्मिता सुवेदी पुरस्कृत भएका छन् ।

    आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेमा कार्यरत सरस्वती राई र रेडियो मेन्छ्यायेममा कार्यरत विरेन्द्र पयाङ्गु सम्मानित भएका छन् ।

    यसैबीच महासंघले शाखाको १२औं साधरणसभाको अवसरमा प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने सीता गुरुङ, प्रदेशसभा सदस्यहरू किशोरचन्द्र दुलाल र दुर्गाप्रसाद चापागाई लाई बधाईपत्रसहित सम्मान गरेको छ ।

    महासंघले ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएका महासंघका सदस्य छथर गाउपालिका अध्यक्ष सन्तवीर लिम्बू र आठराई गाउँपालिका६ का वडाध्यक्ष कृष्ण बास्कोटालाई पनि धन्यावादपत्रसहित सम्मान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # तेह्रथुम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij