Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा बढी मत बदर

ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा बढी मत बदर

  • 287
    SHARES
  • ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा बढी मत बदर

    पर्सा । मतदान प्रक्रियामा सहभागी हुन र सही तरिकाले मतदान गर्न पर्साका शहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजक देखिएका छन् ।

    हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खसेको मत संख्या र त्यसमा भेटिएको बदर मतको संख्याले शहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग रहेको पुष्टि गरेको हो ।

    चार निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा ६६ प्रतिशत मतदान हुँदा ५.०६ प्रतिशत मत बदर भएको छ भने क्षेत्र नं २ मा ६७ प्रतिशत मतदान हुँदा ५.२ प्रतिशत मत बदर भएको छ ।

    त्यसै क्षेत्र नं ३ मा ७१ प्रतिशत मतदान हुँदा ४.१२ प्रतिशत र क्षेत्र नं ४ मा ६९ प्रतिशत मतदान हुँदा ३.३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    जिल्लाको सदरमुकामसमेत रहेको वीरगन्ज महानगरपालिकाअन्तर्गत पर्ने क्षेत्र नं १ मा खसेको ५१ हजार दुई सय ११ मतमध्ये दुई हजार पाँच सय ९१ र क्षेत्र नं २ मा खसेको ५८ हजार पाँच सय ४७ मतमध्ये तीन हजार ४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

    उनले जिल्लाको ग्रामीण भेगमा पर्ने क्षेत्र नं ३ मा खसेको ६४ हजार तीन सय २४ मध्ये दुई हजार छ सय ५१ मत र क्षेत्र नं ४ मा खसेको ६२ हजार दुई सय १९ मध्ये दुई हजार एक सय तीन मत बदर भएको बताए ।

    २०७४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १०.०९ प्रतिशत मत बदर भएको तुलनामा यसपालिको निर्वाचनमा जिल्लाबाट कूल ४.४ प्रतिशत मात्र मत बदर भएको छ ।

    मतदाता शिक्षालाई यसपालि निर्वाचन आयोगले प्राथमिकता दिएका कारण जिल्लामा बदर मतको संख्या कम देखिएको भएपनि शहरी क्षेत्रमा देखिएको बढ्दो बदर मतको संख्यालाई नियन्त्रण गर्न आयोगले विशेष रणनीति बनाउन आवश्यक देखिएको बताइन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij