वेबटिभी खबर
काठमाडौं । बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १५ हजार ९६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्ण थापाले १३ हजार ५ मत पाएका छन् । उनीहरूको मतान्तर २ हजार ९५५ पुगेको छ ।
गत मंसिर ४ गते भएको निर्वाचनमा विवाद भएपछि यहाँका केही मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij