Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

सम्मानित भएपछि साहित्यकार डा.रमेश शुभेच्छुले के भने ?

सम्मानित भएपछि साहित्यकार डा.रमेश शुभेच्छुले के भने ?

  • 324
    SHARES
  • सम्मानित भएपछि साहित्यकार डा.रमेश शुभेच्छुले के भने ?

    काठमाडौं । साहित्यकार डा.रमेश शुभेच्छु सम्मानित भएका छन् ।

    images

    ज्ञानदीप शिक्षा सदन विद्यालयको प्राङ्गणमा प्रोगेसिभ एजुकेसनल फोरमको आयोजना र ज्ञानदीप शिक्षा सदन विद्यालयको संयोजनमा आयोजित एक कार्यक्रमबीच डा.शुभेच्छु सम्मानित भएका हुन् । ज्ञानदीप शिक्षा सदनले हरेक वर्ष आफ्नो विद्यालयमा कार्यक्रम गरी यस्तो सम्मान अर्पण गर्दै आएको छ ।

    यस वर्ष स्रष्टा सम्मान कार्यक्रमका साथै ‘मानव कल्याण र राष्ट्रविकासमा वैज्ञानिक शिक्षा वरदान कि अभिशाप’ विषयक वादविवाद प्रतियोगिता आयोजनासहित स्रष्टा सम्मान गरिएको थियो ।

    यो सम्मान डा.शुभेच्छुलाई अढाइ दशकदेखि शिक्षा र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि दिइएको फोरमकी अध्यक्ष एवम् ज्ञानदीप शिक्षा सदनकी प्रिन्सिपल सीता भट्टराईले बताइन् । सोही कार्यक्रमममा साहित्यकार धर्म पोखरेललाई पनि सम्मान गरिएको थियो ।

    डा.शुभेच्छु र पोखरेल दुवैलाई सम्मानसहित वादविवाद कार्यक्रमको निर्णायकको जिम्मेवारी दिइएको थियो । उक्त प्रतियोगितामा प्रोगेसिभ एजुकेसनल फोरमका विद्यालय र सहभागी विद्यार्थीमध्ये अनमोल ज्योति विद्यालयकी कक्षा दशमा अध्ययनरत छात्रा समीक्षा बराल प्रथम, न्युमोनिक एकेडेमीकी कक्षा दशमा अध्ययनरत छात्रा राधिका श्रेष्ठ द्वितीय, मोक्षदा विद्यालय कक्षा आठमा अध्ययनरत छात्रा तपस्या खतिवडा तृतीय, दुर्गा भवानी एकेडेमीका कक्षा नौमा अध्ययनरत छात्रा सृष्टि भण्डारी, सान्त्वना स्थान प्राप्त गरेका थिए ।

    कार्यक्रमलाई सम्मानित प्रतिभाका तर्फबाट सम्बोधन गर्दै डा.रमेश शुभेच्छुले समाजमा शिक्षा र साहित्य विकास भइरहेकोले निराश बनिहाल्नु नपर्ने बरू आआफ्नो प्रतिभाको विकास गरेर राष्ट्र निर्माणमा सघाउनु पर्ने अवस्था रहेको बताए  । उनले साहित्यलाई होहल्ला भन्दा पनि साधनाको क्षेत्रकाे रूपमा लिने गरेकाे बताए । आफूले पुरस्कार पाइएला भनेर साहित्य सेवा नगरेको र पैसा कमाइएला भनेर शिक्षासेवा नगरेको तर आज यसरी मूल्याङ्कन गर्ने संस्था र व्यक्ति हुँदा रहेछन् भनेर थाहा पाउँदा खुसी लागेको बताए ।

    पोखरेलले वादविवाद प्रतियोगिताको नतिजा सुनाएका थिए भने प्रमुख अतिथि रामप्रसाद ज्ञवालीले एमरेज बन्ने कि एक्सट्रा बन्ने भन्ने आजको प्रतिभा विकासको सूत्र भएको बताए । उनले डा.शुभेच्छु जस्तो राष्ट्रिय साहित्यिक एवम् शैक्षिक प्रतिभालाई सम्म्मान गर्न पाउनुलाई आफूले पनि खुसीका रूपमा लिएको बताए । त्यस्तै धर्म पोखरेल र आफू सककर्मी भएको बताउँदै सहकर्मीको सम्मान आफ्नो पनि सम्मान भएको बताए ।

    कार्यक्रम प्रोगसिभ एजुकेसनल फोरमलगायत आयोजक ज्ञानदीप शिक्षा सदन र यस विद्यालयकी प्राचार्य सीता भट्टराईको सभापतित्व एवम् साहित्यकार ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology