Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

आपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन

आपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन

  • 438
    SHARES
  • आपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन

    सान साल्भाडोर । अपराधिक गिरोहविरुद्धको बृहत् दमनको एक अंशको रूपमा करिब १० हजार सुरक्षाकर्मीले एल साल्भाडोरको सोयापांगो शहरलाई घेरा हालेका छन् ।

    images

    शहरतर्फ जाने सम्पूर्ण सडक अवरुद्ध भएका छन् र गिरोहका सदस्यहरूलाई पक्राउ गर्न विशेष फौजले घरमा खोजी कार्य गरेको छ ।

    अधिकारीहरूले शहर छोड्ने प्रयास गर्ने सबैलाई रोकेका छन् र कागजातहरू जाँच गरिरहेका छन् ।

    पछिल्लो कारबाही यस वर्षको सुरुमा हिंसामा बृद्धि भएपछि गिरोहहरू विरुद्धको ठूलो दमनको एक हिस्सा हो ।

    हालसम्म १२ जना पक्राउ परेको न्यायमन्त्रीले बताए । सोयापांगो एल साल्भाडोरको सबैभन्दा ठूलो शहरमध्ये एक हो ।

    यहाँ २ लाख ९० हजारभन्दा बढी मानिसहरू बसोबास गर्छन् । राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर (८ माईल) पश्चिममा रहेको यो शहर लामो समयदेखि गिरोह गतिविधिको केन्द्रको रूपमा परिचित छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology