Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रदेश राजधानी दाङमा नसार्न एमालेको माग

प्रदेश राजधानी दाङमा नसार्न एमालेको माग

  • 331
    SHARES
  • प्रदेश राजधानी दाङमा नसार्न एमालेको माग

    बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेश राजधानी दाङमा तत्काल नसार्न आग्रह गरेको छ ।

    images

    हाल बुटवल रहेको राजधानी दाङको भालुवाङ सार्न लागिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको एमालेले विनापूर्वाधार राजधानी तत्काल दाङ नसार्न भनेको हो ।

    सस्तो लोकप्रिययताका लागि भालुवाङ राजधानी सार्न थालिएको आरोप लगाउँदै एमालेले तत्काल राजधानी सार्ने काम रोक्न आग्रह गरेको छ ।

    एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गरेर राजधानी सार्ने काम रोक्न आग्रह गरेका हुन् ।

    राजधानी भालुवाङ सार्ने तयारी स्वरुप सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमालेले आपत्ति जनाएको हो ।

    प्रदेशसभा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको अवस्थामा अहिले राजधानी सार्ने काम उचित नभएको भन्दै एमालेले प्रदेशमा बन्ने नयाँ सरकारले यसबारे काम गर्नुपर्ने जिकीर गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology