Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

शिक्षकको माग गर्दा विद्यालयबाटै निकालिए विद्यार्थी

शिक्षकको माग गर्दा विद्यालयबाटै निकालिए विद्यार्थी

  • 2.0K
    SHARES
  • शिक्षकको माग गर्दा विद्यालयबाटै निकालिए विद्यार्थी

    महोत्तरी । गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सत्र सुरु भएदेखि नै शिक्षककाे अभाव छ । शिक्षक नहुँदा यहाँ नियमित पठन पाठनसमेत हुन सकेको छैन ।

    images

    यही कारण विद्यार्थीहरूले शिक्षक अभावको समस्या समाधान गर्न गौशाला नगरपालिकाका नगर प्रमुख दिपेन्द्र महतोसँग माग गरेका थिए ।

    यही क्रममा विद्यार्थीले प्रर्दशन गरिरहेका थिए । तर नगरप्रमुख महतोले उनीहरूलाई धरपकड मात्रै गरेनन प्रदर्शनमा सम्लग्न विद्यार्थीलाई सामूहिक निष्काशन नै गरिदिए ।

    विद्यार्थीको माग सम्बोधन गर्नुको सट्टा उनीहरूलाई विद्यालयबाटै निष्काशन गर्नुलाई अभिभावकहरूले नगरप्रमुख महतोको निरंकुशताको आरोप लगाएका छन् ।

    विद्यार्थीहरूले गौशाला-औरही सडकखण्डमा पर्ने विद्यालयको गेट अगाडि आइतबार चक्काजाम गरेर प्रदर्शन गरेका थिए । ‘अन्तिम परीक्षा आउनै लाग्यो तर शिक्षक नहुँदा पढाइ नै भएको छैन,’ कक्षा ८ मा अध्यनरत सरिता महतोले भनिन् ।

    शिक्षक अभावकै कारण पठनपाठन नभएपछि आफूहरू आन्दोलित भएको उनीहरूले बताएका छन् । ‘सम्बन्धित पक्षले बारम्बार झूठो आश्वासन मात्रै देखाएपछि बाध्य भएर आन्दोलन गर्नु पर्यो । हाम्रो भविष्यमाथि खेलबाड गरे,’ एक विद्यार्थीले भने, ‘जसरी पनि शिक्षकको पदपूर्ति गराएर पढाइ हुनु पर्ने हाम्रो माग हो ।’

    प्रधानाध्यापक शुभकरण यादवका अनुसार नगरप्रमुख महतोको निर्देशनमा विद्यालयका कक्षा ९ र १० मा विद्यार्थीहरूलाई एक साताका लागि निष्काशन गरिएको बताए ।

    आन्दोलन साम्य भएपछि विद्यालय आएका नगरप्रमुख महतोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र यादवलगायत पदाधिकारीलाई तुरुन्त निष्काशन गर्न मौखिक आदेश दिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।

    शिक्षाविद्हरूले महतोको निर्णयप्रति आपत्ति जनाएका छन् । महतोको कदम पुर्णरूपमा पूर्वाग्राही र निरंकुताको पराकाष्ठा भएको उनीहरूको भनाइ छ । मानवअधिकारवादीहरूले पनि महतोको कदम गलत भएको निष्कर्ष निकालेका छन् ।

    अधिकारवादी अजय साहले महतोले विद्यायार्थीको अधिकार मात्र हैन लोकतन्त्रको नै उपहास गरेको आरोप लगाए । नगरप्रमुखले भने विद्यार्थीहरुले अनुशासन तोडेको हुनाले एक साताको लागि निष्काशन गरेर कारबाही गरेको बताए ।

    विद्यार्थीहरूले शिक्षक अभावमा पढ्न नपाइरहेको गुनासो बढिरहेको बेला सोही विद्यालयमा दुई दिन अगाडि भोजभतेर समेत भएको पाइएको छ । सेवा निवृत्त शिक्षकहरूको समूह गठन गर्ने नाममा शनिबार विद्यालय परिसरमा भोजभतेर गरेर फोहोर बनाएकाे स्थानीयको आरोप छ ।

    विद्यालय जस्तो ठाउँमा महतोकै निर्देशनमा भोजभतेर भएको स्थानीयवासीकाे भनाइ छ ।

    st.jpg

    newskarkahna-news415911.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology