Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट

समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट

  • 435
    SHARES
  • समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट

    काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभाकाे समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बराबर सिट पाउने भएका छन् ।

    सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् ।

    माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ भने रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ ।

    दुई पार्टीबीच करिब केही हजार मतको अन्तर भएपनि मत परिणाम विभाजन सूत्रअनुसार दुवै पार्टीले समान १४-१४ सिट पाउने भएका हुन् । 

    यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र  सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ ।

    तर मत परिणाम विभाजन सूत्रबाट हिसाब यी दुवै पार्टीले समान ५-५ सिट पाउने देखिन्छ ।

    प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिटमा जित निकालेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij