वेबटिभी खबर
काठमाडौं । डेढ वर्षअघि एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी र सो पार्टीका तत्कालीन १४ सांसद्को मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
सोमबार सर्वोच्च अदालतमा एमालेले कारबाही गरेका १४ निवर्तमान सांसद्को मुद्दामा सुनुवाई भएको थियो ।
न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । तर सोमबार सो मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसहित १४ सांसद्लाई कारबाही गरेको पत्र संसद् सचिवालयमा पठाएका थिए ।
तर संसद् सचिवालयले सो पत्र सूचना पाटीमा टाँस नगरेपछि नेपालले आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरेका थिए ।
निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले एमालेका निवर्तमान १४ सांसद्लाई कारबाही नगरी थाती राखेका थिए ।
सो पार्टी अवैध रहेको भन्दै खारेज गर्न एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा रिट दायर भएपछि सबै मुद्दा एक ठाउँमा राखी सुनुवाई गरिएको थियो । तर बीचमै रोकिएपछि अहिलेसम्म फैसला हुन सकेको थिएन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij