Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पाँच टन स्वास्थ्य सामग्री लिएर स्पेनबाट आइपुग्यो आइबेरिया एयरलाइन्स  

पाँच टन स्वास्थ्य सामग्री लिएर स्पेनबाट आइपुग्यो आइबेरिया एयरलाइन्स  

  • 629
    SHARES
  • पाँच टन स्वास्थ्य सामग्री लिएर स्पेनबाट आइपुग्यो आइबेरिया एयरलाइन्स  

    काठमाडौं । नेपाललाई स्पेन सरकारले उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । आइबेरिया एयरलाइन्सले स्पेनको राजधानी म्याड्रिडबाट कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगेको हो ।

    images

    स्पेनको स्वास्थ्य मन्त्रालयले जहाज कार्गो गरेर कोभिड स्वास्थ्य सामग्री नेपाल पठाएको हो । कार्गोमा रहेको ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख २५ हजार एन्टीजेन किट रहेको स्पेनको स्वास्थ्य मन्त्रालयले बताएको छ।

    स्वास्थ्य सामग्री लिएर आएको जहाजले स्पेनिज नागरिकको उद्धार पनि गर्दै छ । नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा भएका स्पेनिस नागरिक स्वदेश फिर्ता हुन पाएका थिएनन् ।

    बिहीबार आइबेरियन एयरलान्सबाहेक ४ वटा कार्गो उडान रहेको छ । नेपाल एयरलाइन्सले चीनको सेन्जेनबाट र हिमालय एयरलान्सले कुनमिङबाट कार्गो लिएर आइपुगेका छन् । हिमालय एयरलाइन्सका दुई जहाज चीनको कुनमिङमा कार्गो लिन बिहीबार राति त्यसतर्फ जाने त्रिभुवन विमानस्थलले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology