Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

चीनमा वायु प्रदूषण : हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

चीनमा वायु प्रदूषण : हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

  • 512
    SHARES
  • चीनमा वायु प्रदूषण : हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

    बेइजिङ । चीनको प्रदूषित हावामा तीव्र मात्रामा सूक्ष्म कणहरू फेला परेको र त्यसका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमा नै मृत्यु हुने गरेको एक अध्ययनले दाबी गरेको छ ।

    images

    बेइजिङले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका बाबजुद अध्ययनले यस्तो नतिजा देखाएको हो ।

    अध्ययनले १ सय ३७ देशहरूको विश्लेषण गरेको थियो । जीवाश्म ईन्धन जलाउँदा सामान्यतया उत्पादन हुने २.५ माइक्रोन (पीएम २.५) भन्दा सानो कणहरूको सम्पर्कले ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा सन् २०१५ मा ४०५ मृत शिशु जन्मेका थिए ।

    विश्वका ९८ प्रतिशत मृत शिशु जन्मिने सबै देशको विश्लेषण गरिएको अध्ययनमा चीन चौथो स्थानमा परेको थियो । अध्ययन नेचर कम्युनिकेसन्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित छ ।

    यसैबीच, सुई ताओको नेतृत्वमा रहेको पेकिङ विश्वविद्यालयका अन्वेषकहरूले वायु प्रदूषण नियन्त्रण गर्न चिनियाँ अधिकारीहरूले गत दशकमा अपनाएका कदमले मृत्युको संख्यामा कमी आएको औंल्याएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology