Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

इसीडी शिक्षकले बुझाए सांसद रवि लामिछानेलाई ज्ञापनपत्र, माग पूरा गराउन समन्वयन गर्लान् ? 

इसीडी शिक्षकले बुझाए सांसद रवि लामिछानेलाई ज्ञापनपत्र, माग पूरा गराउन समन्वयन गर्लान् ? 

  • 6.7K
    SHARES
  • इसीडी शिक्षकले बुझाए सांसद रवि लामिछानेलाई ज्ञापनपत्र, माग पूरा गराउन समन्वयन गर्लान् ? 

    चितवन । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेलाई प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) शिक्षकहरूले आफ्ना माग पूरा गराउन समन्वय गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । प्रारम्भिक बालविकास शिक्षक जिल्ला समिति चितवनले सांसद लामिछानेलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

    images

    इसीडी शिक्षकहरूले लामो समयदेखि न्यूनतलब तथा सेवासुविधामा काम गर्नु परेको उल्लेख गर्दै उनीहरूले अन्य राष्ट्र सेवक कर्मचारीको सरह सेवासुविधाको व्यवस्थाका लागि पहल गरिदिन लामिछानेलाई आग्रह गरे ।

    यसैगरी इसीडी शिक्षकहरूलाई स्थानीय तहबाट पूर्ण रूपमा संघीय सरकारले हेर्ने व्यवस्था गर्न उनीहरूको माग छ । यस्तै एक पटकको लागि उमेरहद नलाग्ने गरी आन्तरिकबाट स्थायी प्रक्रियामा लैजान पनि उनीहरूले माग गरेका छन् ।

    अवकास पाउँदा उपदानको व्यवस्था गर्न, सबै सामुदायिक विद्यालयका बालविकास केन्द्रहरूलाई आधुनिक प्रविधिसहित स्रोतसाधनले सम्पन्न गर्न, सबै शिक्षकले पाउने बिदा सरह प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत शिक्षको बिदाको सुनिश्चितता गर्न माग गरिएको छ । यस्तै दुर्घटना र स्वास्थ्य बिमा लगाएतको व्यवस्था गर्न उनीहरूले माग गरेका छन् ।

    ज्ञापनपत्र बुझ्दै सांसद लामिछानेले माग पूरा गराउन आफूले उचित भूमिका खेल्ने बताए ।

    rabi lamichhane.jpg

    b1.webp
     
    cd.jpg
    ecd.jpg
     
    ecd rabi.jpg
    ecds.jpg
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology