Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

नयाँ पार्टीको उदयपछि पूर्व प्रधानमन्त्री डा.भट्टराईले भने– लोकतन्त्रको जरा क्रमशः मजबुत हुँदै गएको अनुभूति

नयाँ पार्टीको उदयपछि पूर्व प्रधानमन्त्री डा.भट्टराईले भने– लोकतन्त्रको जरा क्रमशः मजबुत हुँदै गएको अनुभूति

  • 1.2K
    SHARES
  • नयाँ पार्टीको उदयपछि पूर्व प्रधानमन्त्री डा.भट्टराईले भने– लोकतन्त्रको जरा क्रमशः मजबुत हुँदै गएको अनुभूति

    काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी नेपाल (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा लोकतन्त्रको जरा क्रमशः मजबुत हुँदै गएको बताएका छन् ।

    images

    यहि मंसिर ४ गते सम्पन्न चुनावबाट उदाएका पार्टीका शीर्ष नेताहरूसँगको भेटवार्तापछि डा.भट्टराईले सो कुरा बताएका हुन् ।

    ‘२०७९ को निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूसँग भेटघाट र संवादबाट हाम्रो लोकतन्त्रको जरा क्रमशः मजबुत हुँदै गएको अनुभूति भयो,’ अध्यक्ष डा.भट्टराईले भने ।

    उनले यसले संसद्को भूमिकाका साथै गठबन्धन सरकारको गठन र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विश्वास गरेका छन् ।

    अध्यक्ष डा.भट्टराई र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके)लगायत नेताहरूबीच सोमबार भेटवार्ता भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology