Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बाङ्गेचौर खेलमैदानलाई रंगशालामा परिणत गरिने 

बाङ्गेचौर खेलमैदानलाई रंगशालामा परिणत गरिने 

  • 337
    SHARES
  • बाङ्गेचौर खेलमैदानलाई रंगशालामा परिणत गरिने 

    बाग्लुङ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बाग्लुङको बाङ्गेचौर खेलमैदान अब रंगशालामा परिणत हुने भएको छ ।

    images

    बाग्लुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउने गरी समपुरक योजना स्वीकृत गरी ठेक्का प्रक्रियाको तयारी गरिरहेको हो ।

    बाग्लुङ बजारमा रहेको बाङ्गेचौर खेलमैदानलाई रंगशाला बनाउने योजना अघिल्लो नगरकार्यपालिकाको भएपनि अझै कार्यान्वयनमा आउन सकेको थिएन् ।

    हाल दुई महिनाभित्रै ठेक्का प्रक्रियामा लैजाने गरी वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको बाग्लुङ नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठका अनुसार यो वर्ष रंगशाला निर्माणमा करिब ४ करोड खर्च गरिने र तीन वर्षभित्र पूरा गर्ने गरी बहुवर्षे योजनामा यसलाई समावेश गरिएको छ ।

    बाग्लुङ नगरपालिका र राष्ट्रिय योजना आयोगले छनोट गरेको विशेष योजना अन्तर्गत चालु आवदेखि काम सुरु हुने श्रेष्ठको भनाइ छ । रंगशाला निर्माण गर्नका ८ करोड २२ लाख खर्च हुनेछ ।

    जसमध्ये संघीय सरकार र नगरपालिकाको ५०/५० प्रतिशत लगानी ब्यहोर्ने छन् । रंगशालामा तीन हजार दर्शक अट्नेछन् । तत्कालीन खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा चार वर्षअघि रंगशालाको विस्तृत प्ररियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो ।

    डीपीआर तयार पछि छलफलका क्रममा केही संरचनाहरू थप भएका कारण डीपीआरमा उल्लेख भए भन्दा बढी लागत लाग्ने डीपीआरमा उल्लेख गरिए पनि पछिल्लो समय डीपीआर अनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएको भाग छोडेर पूर्वबाट मात्रै काम गर्ने गरी ठेक्कामा जान थालेको छ ।

    बाग्लुङ नगरपालिकाका इञ्जिनियर शोविन घर्तीका अनुसार डीपीआरमा भएका कमी कमजोरीलाई मिलाइसकेको र अहिले वातावरणीय प्रभाव मुल्यांकनको काम भइरहेको बताए ।

    हाल वातवरणीय प्रभाव मूल्यांकनको काम भएको बताउँदै दुई महिनाभित्र ठेक्कामा जाने उनको भनाइ छ । घर्तीका अनुसार अहिले खेलमैदानको पूर्वतर्फ प्याराफिटलगायतको संरचना निर्माण सुरु गरिनेछ ।

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसँगै जोडिएको खेलमैदान सडकको मापदण्ड छोडेर अथवा सडकलाई भूमिगत गरेर मात्रै पश्चिम क्षेत्रका संरचना बनाइनेछ ।

    खैल मैदान, प्याराफिट, शौचालय, पार्किङ लगायतका संरचना बनेपछि खेलकुदका गतिविधि गर्न निकै सहज हुनेछ जिल्ला फुटबल संघका कोषध्यक्ष सूर्य लामिछानेले बताए ।

    यसवर्ष खेल मैदानका लागि नगरपालिकाको १ करोड ७१ लाख र संघीय सरकारको एक करोड ७१ लाख गरी तीन करोड ४२ लाख रकम खर्च हुनेछ । रंगशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology