Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल मंसिर २२ गतेदेखि

अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल मंसिर २२ गतेदेखि

  • 456
    SHARES
  • अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल मंसिर २२ गतेदेखि

    काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) को २०औँ संस्करण आगाी मंसिर २२ देखि सुरु हुने भएको छ ।

    images

    भारतीय निर्देशक एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकिल’ को विशेष प्रदर्शनमा सहभागी हुन निर्देशक झा नेपाल आउन लागेका छन् । फिल्ममा उनको अभिनय समेत छ ।

    फिल्म प्रदर्शनपछि सहभागीसँग अन्तरक्रियासमेत गर्ने उनको कार्यक्रम छ । आयोजक संस्था हिमाल एसोसिएसनले ‘दिगो आरोहण’ संस्करणको मूल नारा राख्दै महोत्सव आयोजना गर्न लगिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतीलाई लक्षित गर्दै यो नारा तय गरिएको फेस्टिभल निर्देशक रम्यता लिम्बूले बताए ।

    ‘यसपटक भौतिकरुपमा महोत्सव आयोजना गर्न पाउँदा उत्साहित छौँ । फिल्म स्क्रिनिङबाहेक नेपाली फिल्मको भविष्य, फिल्ममा तन्नेरी पुस्ता र फिल्ममा बालबालिकाजस्ता विषयमा सामूहिक छलफलसमेत हुँदैछ’, निर्देशक लिम्बूले भने, ‘किम्फमा ३० मुलुकका ६० भन्दाबढी फिल्म प्रदर्शन गर्दैछौँ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने फेस्टिभलमा २० भन्दाबढी अन्तर्राष्ट्रिय फिल्ममेकर सहभागी हुनेछन् ।’

    यही मंसिर २६ गतेसम्म आयोजना हुने महोत्सव सुरुवात ‘बाघको बङ्गारा’ बाट हुँदैछ । मह सिकारीको कथा पेस गर्ने फिल्म प्रिमियर गर्न पाउँदा उत्साहित रहेको निर्माता विद्या चापागाईंले जानकारी दिइन् ।

    उत्तरी जाजरकोटका स्थानीयले लामो यात्रापछि अक्करे भिरमा चढेर गर्ने मह सिकारको कथा फिल्मले पेस गर्छ । गैरआख्यान श्रेणीको यो फिल्मले मह सिकारका लागि हिमाली भेगका बासिन्दाले गर्ने दुःख र मेहेनतलाई चित्रण गर्छ ।

    अष्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले सगरमाथाबाट प्याराग्लाइड गर्ने कथावस्तु बोकेको फिल्म ‘फ्लाई फ्रम एभरेस्ट’बाट समापन हुनेछ । जर्मन लेखक तथा निर्माता माइकल पज, नेपाली फिल्म निर्माता तथा एनिमेटेड अगुवा किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय फिल्म फेस्टिभलकी प्रोग्रामर जिन्ना लीले किम्फमा जुरीको भूमिका निर्वाह गर्नेछन् ।

    सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा विशेष गरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् ।

    महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीनवटा फिल्मले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई रु एक लाख र रु.७५ नगद पुरस्कार दिइनेछ ।

    इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकहरुको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’मार्फत् रु ५० हजार पाउनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology