Logo

२०७९, माघ १३ गते शुक्रवार

२०७९, माघ १३ गते शुक्रवार

images
images

जिल्ला अस्पतालमै जीवनजल अभाव !

जिल्ला अस्पतालमै जीवनजल अभाव !

  • 123
    SHARES
  • जिल्ला अस्पतालमै जीवनजल अभाव !

    सुर्खेत । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।

    सरकारले निशुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पतालमा अभाव छ । मुगु अस्पतालमा जीवनजलसमेत पाइन छाडेको बिरामीले गुनासो गरेका छन् । औषधी नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो भने पनि बिरामीले जीवनजल पनि नपाउने अवस्था छ ।

    झाडापखालाका बिरामी उपचार गर्न अस्पताल आउँदा जीवनजल नपाउने गरेको बताउँछन् । अस्पतालमा जीवनजलको अभाव हुँदा जीवनजलको लागि सरकारी अस्पतालले नजिकको औषधी पसलमा किन्न पठाउँछन् ।

    झाडापाखालामा मृत्युबाट जोगाउने अचुक औषधीको रुपमा मानिने जीवनजल जिल्लाकै एक मात्र सरकारी अस्पतालमै अभाव हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । जिल्ला अस्पताल मुगुमा जीवनजलको अभाव एक महिनादेखि रहेको नाम नबताउने सर्तमा अस्पतालमा कार्यरत एक कर्मचारीले बताए ।

    ‘हामी बिहानैदेखि बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौँ, तर उनीहरूलाई निःशुल्क रुपमा दिनुपर्ने औषधी दिन सकेका छैनौँ’, अस्पतालमा कार्यरत एक कर्मचारीले भने । कर्मचारीका अनुसार एक महिनादेखि अस्पतालमा जीवनजल अभाव भएको छ ।

    किन्छुभन्दा समेत बिरामीहरुले पाएको छैन् । ‘जिल्ला अस्पतालमा जीवनजल एक महिनादेखि अभाव छ भन्छन्, के हो ? ’ भन्ने प्रश्नमा स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी पसुराम नेपालीले जीवनजल अभाव भएको एक महिनादेखि नभई दुई–तीनदेखि भएको बताए ।

    जिल्ला अस्पताल मुगुमा जीवनजल मात्रै होइन, नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधीहरु समेत अभाव छ । राज्यबाट ७२ प्रकारभन्दा बढी औषधी निःशुल्क रुपमा उपलब्ध गराउन भनिए पनि मुगुमा ५० देखि ६० प्रकारका मात्रै औषधी पाउने गरेका स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # जीवनजल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology