Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

  • 262
    SHARES
  • धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

    बाग्लुङ । बाग्लुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । अस्पताल परिसरमा तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो ।

    images

    कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत दुई महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ ।

    अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन साविक धौलागिरि अञ्चलका जिल्लामा निर्यात गर्न थालिएको छ । अस्पतालमा २५ शय्यालाई पुग्ने प्लान्ट गण्डकी प्रदेश सरकारको ५० लाखको लागतमा स्थापना गरिएको थियो ।

    त्यस लगत्तै कोरोना संक्रमण बढ्दै जानु र अस्पतालमा बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुँदा अक्सिजन प्लान्ट थप गरि स्थापना गरिएको हो ।

    अस्पतालले अहिले अन्य जिल्ला तथा पालिका अस्पताल र निजी क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्न थालेको धौलागिरि अस्पताल बाग्लुङका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए ।

    उनले ३ करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन अन्य अस्पताल र निजी क्षेत्रलाई भरेर लैजाने व्यवस्था मिलाएको बताए । बढी उत्पादन भएको अक्सिजन सुलभ मूल्यमा निर्यात गर्दा पनि अक्सिजन प्लान्ट सञ्चालन खर्चको जोहो हुने उनको भनाइ छ ।

    सडक अवरूद्ध हुँदा झोलुङ्गे पुल तारेर अक्सिजन सिलिन्डर ल्याइ कोरोनाको दोस्रो लहरमा बिरामीको ज्यान बचाइएको उनले जानकारी दिए ।

    ‘सरकारले धौलागिरि क्षेत्रलाइनै पुग्नेगरी यही अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी बजेट व्यवस्थापन गर्‍यो’, न्यूरेले भने, ‘अहिले पर्वत जिल्ला अस्पतालमा आवश्यक अक्सिजन लैजाने गरिएको र बाग्लुङका पालिका अस्पताललाई समेत अक्सिजन प्रयोग गर्नका लागि सम्पर्कमा आउन पत्रचार गरिसकेका छौँ ।’

    उनले आफुहरूको प्लान्टमा उत्पादित अक्सिजन निजी कम्पनीको भन्दा सस्तो र पोखरा धाउन नपर्ने हुँदा समयको समेत बचत हुने बताए ।

    धौलागिरी अस्पतालमा कोरोनाको दोस्रो लहरमा औद्योगिक क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर प्रयोग गरेर बिरामीको उपचार गरिएको र पछिल्लो समय अक्सिजन सिलिन्डरसमेत अस्पताललाई प्रर्याप्त पुग्ने गरी सुरक्षित गरिएको धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अभिषेक वाग्लेले जानकारी दिए ।

    डा.वाग्लेले भने, ‘बिरामीको जीवन बचाउनका लागि अत्यावश्यक रहेको अक्सिजन आफ्नै अस्पतालमा उत्पादन हुनु र आवश्यक पर्दा अन्य जिल्लाका अस्पताल र पालिका अस्पतालमा समेत भरेर पठाउन सकिने भएको छ ।’

    धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उप-प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्नेगरी २०० शय्याको बनाउँदा यहाँ उत्पादित अक्सिजन अस्पतालमै खपत हुनसक्ने अस्पतालको भनाइ छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology