वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र न १ का उम्मेदवार पुकार बमले निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।
मंगलबार उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा साढे ९ लाख खर्च भएको विवरण बुझाएका हुन् ।
उनले उम्मेदवारी घोषणा गरेको दिनदेखि निर्वाचनको नतिजा सार्वजनिक भएको दिनसम्म ९ लाख ५१ हजार ८०६ रुपैयाँ खर्च गरेको निर्वाचन परिचालन समितिका संयोजक सुरज गिरिले जानकारी दिए ।
उनले ६ लाख ३५ हजार ५०५ रुपैयाँ सहयोग प्राप्त गरेका थिए । त्यसबाहेक ३ लाख १६ हजार रुपैयाँ व्यक्तिगत तथा पारिवारिक सहयोगबाट उपलब्ध भएको गिरिले बताए ।
बमले काठमाडौं क्षेत्र न १बाट ४ हजार ११५ मत प्राप्त गरेका थिए । यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij