Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

इसीडी शिक्षकका लागि रेखाको सक्रियता

इसीडी शिक्षकका लागि रेखाको सक्रियता

  • 4.5K
    SHARES
  • इसीडी शिक्षकका लागि रेखाको सक्रियता

    काठमाडौं । निडर र हक्की स्वभावकी हुन् रेखा रानाभाट । अरूले के भन्लानसँग उनलाई मतलब छैन । 

    images

    मतलब प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) का मुद्दा र समस्या समाधानमा छ । वर्षौंदेखि विशेष गरी इसीडी शिक्षकको मुद्दा बोकेर सरकार र विभिन्न पार्टीका नेताहरूसँग जुधिरहेकी छिन् उनी । 

    आलोचनाको वास्ता नगर्नु उनको मुख्य विशेषता हो । तर कहिलेकाहीँ उनलाई एक्लै पनि लड्न र भिड्ने अवस्थामा पुर्‍याउँछ ।

    प्रारम्भिक बालविकास केन्द्रीय समितिमा भाँडभैलो छ । बेमेल छ । पदीय लडाइँले मुद्दा ओझेलमा पर्ने होकी भन्ने चिन्ता पनि छ । चिन्ता लिनु पनि पर्छ ।

    स्थानीय, जिल्ला र प्रदेश समितिका कोही पनि शिक्षक केन्द्रसँग सन्तुष्ट छैनन् । यसको समीक्षा हुँदै जाओस् । 

    जिल्ला समिति चितवनकी अध्यक्षसमेत रहेकी रेखाको कार्यशैलीको आलोचना गर्ने धेरै इसीडी शिक्षकहरू छन् । तर, आलोचना पनि चाहिन्छ । नत्र आफूले बाटो बिराएको थाहा हुन्न । 

    चितवनको अध्यक्ष भएकोमा चितवनकै कतिपय इसीडी शिक्षक पनि सन्तुष्ट छैनन् । जिन्दगीमा सबैलाई सन्तुष्ट राख्न त कहाँ सकिन्छ र ? प्रयास चैं गर्नुपर्छ । 

    इसीडी शिक्षकका लागि पछिल्लो समय रेखाले देखाएको सक्रियतालाई चैं प्रशंसा गर्नेपर्छ । समस्याको दीर्घकालीन समाधानका लागि उनको दौडधुप कम्ता छैन । लाग्छ, इसीडी शिक्षकहरूको सबैभन्दा पीर रेखालाई छ ।

    इसीडी शिक्षकले बुझाए सांसद रवि लामिछानेलाई ज्ञापनपत्र, माग पूरा गराउन समन्वयन गर्लान् ?  इसीडी शिक्षकले बुझाए सांसद रवि लामिछानेलाई ज्ञापनपत्र, माग पूरा गराउन समन्वयन गर्लान् ? 

    इसीडी शिक्षकहरूले उठाउँदै आएको मुद्दा तलब, दरबन्दी, सेवासुविधालगायतको पत्र बोकेर रेखा कहिले प्रधानमन्त्री कार्यालय काठमाडौंको बालुवाटार पुग्छिन् । कहिले सिंहदरबार पुग्छिन् त कहिले  शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ।

    यत्ति मात्रै होइन नि ! अझ् उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र पनि बुझाइन् चुनावअघि । चुनावपछि रवि लामिछानेलाई ।

    ढिलो छिटो माग सम्बोधन होला । तर छिट्टै सबै माग पूरा हुनुपर्छ भन्ने उनको दवाब इसीडी शिक्षकहरूका लागि खुसीको विषयमा हो । सबैले साथ दिनुपर्ने विषय हो । 

    एकल प्रयासमा भइरहेका कामलाई सामूहिक रूपमा गर्न सके अझ् प्रभावकारी हुनसक्छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology