Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

समयमै कर बुझाउन आग्रह

समयमै कर बुझाउन आग्रह

  • 265
    SHARES
  • समयमै कर बुझाउन आग्रह

    रसुवा । स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ ।

    images

    स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण कार्यक्रममा उक्त अनुरोध गरिएको हो ।

    रसुवामा स्थायी लेखा नम्बर लिएपछि विवरण नबुझाइ तोकिएको शुल्कसमेत नतिर्ने बढ्न थालेको जनाउँदै त्यस्ता कार्यलाई निरुत्साहित गराउन मंगलबार कार्यालयले करदाता शिक्षा कार्यक्रम आयोजना गरेको थियो ।

    कार्यक्रममा रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुप्साङ तामाङ र चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले राज्यलाई तिर्नुपर्ने कर दस्तुर समयमै तिर्न स्थानीय व्यापारी व्यवसायीलाई जागरुक गराउने कार्यमा सहयोग गर्ने बताए ।

    सो अवसरमा सामाजिक संघ संस्था एवम् गैरसरकारी संस्थाले किसानलाई पशुपालन, तरकारी खेती, साना घरेलु उद्योगजस्ता कार्यलाई अनुदान दिने बहानामा स्थायी लेखा नम्बर  बनाउन लगाई बेवस्ता गरेको सहभागीले गुनासो गरेका थिए ।

    स्थायी लेखा नम्बर प्राप्त गर्ने अधिकांश करदाताले अनुदानसमेत नपाएको र प्रयोगविहीन भइरहेको जनाएका थिए । स्थायी लेखा नम्बर आन्तरिक राजस्व कार्यालयद्वारा करदाता शिक्षाको प्राप्त ज्ञानले भावी दिनमा खारेज वा उपयोग गर्ने भन्ने विषयमा जागरण बढेको समेत सहभागीहरूले बताएका छन् ।

    जिल्लाको पाँचवटै गाउँपालिकामा सडक सञ्जाल जोडिएको र गाउँघरमा समेत व्यवसाय सञ्चालन भइसकेकाले सबै व्यवसायीलाई करको दायरामा आउन कार्यालयले गरेको छ ।

    कर अधिकृतद्वय देवीप्रसाद भण्डारी र शिवहरि न्यौपानेद्वारा आयकर, ऐन, मूल्य अभिवृद्वि कर ऐन तथा अन्तःशुल्क ऐन तथा सो सम्बन्धी नियमावलीका विषयमा करदातालाई प्रशिक्षण दिएका थिए ।

    पछिल्लो समय पर्यटकीय क्षेत्र लाङ्टाङ तथा तामाङ सम्पदा मार्गको गतलाङ र तातोपानी क्षेत्रको पर्यटकीय गन्तव्यमा व्यवसायी कारोबार बढेको छ । 

  • सम्बन्धित विषय:

  • # कर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology