Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चिसो बढेपछि सीमा प्रहरी चौकी सिमकोट स्थानान्तरण

चिसो बढेपछि सीमा प्रहरी चौकी सिमकोट स्थानान्तरण

  • 313
    SHARES
  • चिसो बढेपछि सीमा प्रहरी चौकी सिमकोट स्थानान्तरण

    हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका छन् । नाम्खा-५ हिल्सा र वडा नं-६ लिमीको सुनखानी प्रहरी चौकी स्थानान्तरण गरिएका हुन् ।

    उक्त क्षेत्रमा चिसो ह्वात्तै बढेपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरीलाई बस्न गाह्रो भएको प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए । उक्त क्षेत्रको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

    ‘हिउँदमा प्रहरीलाई सो क्षेत्रमा बस्न कठिन हुन्छ, रासनपानीको पनि समस्या हुन्छ’, उनले भने, ‘वर्षेनि मंसिरपछि प्रहरी चौकी सदरमुकाम सार्ने गरेका छौँ ।’ प्रहरी सदरमुकाम झरेपछि चौकी रहेको भवनमा ताला लगाउने गरिन्छ ।

    बर्सेनि जेठ लागेपछि सुरक्षाकर्मी पुनः सोही चौकीमा फिर्ता जाने गरेका छन् । हिल्सामा १३ र सुनखानीमा ११ प्रहरी कार्यरत थिए । गत वर्ष हिल्सा प्रहरी चौकीमा तैनाथ सुरक्षाकर्मीलाई नाम्खा-५ स्थित मुचु प्रहरी चौकीमा सार्ने गरिएको मल्लले बताए ।

    चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) सीमा सुरक्षा चौकीको टोली भने चिसो बढे पनि सोही क्षेत्रमा खटिएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij