Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

चोलेन्द्रशम्शेरले फर्किने तयारी गरेपछि सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठक सुरु

चोलेन्द्रशम्शेरले फर्किने तयारी गरेपछि सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठक सुरु

  • 283
    SHARES
  • चोलेन्द्रशम्शेरले फर्किने तयारी गरेपछि सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठक सुरु

    काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक बसिरहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बसिरहेको हो ।

    images

    गत १ फागुनमा जबराविरूद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको बुधबार संघीय संसद सचिवालयले जबरासहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ ।

    उक्त प्राप्त गरेका जबरा बुधबार नै सर्वोच्च अदालत हाजिर हुन आउने चर्चा चलिरहेका बेला न्यायाधीहरूको पूर्ण बैठक बसेको हो ।

    यसैबीच, संसद् सचिवालयले प्रस्ताव ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको जनाएको छ । अघिल्लो प्रतिनिभिसभामा दर्ता भएको प्रस्ताव अर्को प्रतिनिधिसभा ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

    जसकारण जबराविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology