Logo

२०७९, माघ १३ गते शुक्रवार

२०७९, माघ १३ गते शुक्रवार

images
images

पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गर्ने सहमति

पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गर्ने सहमति

  • 177
    SHARES
  • पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गर्ने सहमति

    सिरहा । सिरहाको कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच पाठेघर र हाइड्रोसिलका बिरामीलाई निःशुल्क उपचारका लागि सम्झौता भएको छ । 

    सम्झौतापत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.श्यामकुमार साह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार उक्त अस्पतालले पाठेघर खसेको महिला र हाइड्रोसिल भएको पुरुषलाई निःशुल्क शल्यक्रिया, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पुर्‍याइने उल्लेख छ ।

    यो सेवा नगरपालिकावासीको लागि मात्र भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले बताए ।

    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology