वेबटिभी खबर
काठमाडौं । चितवनमा १७ किलो अवैध लागू औषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।
कालिका नगरपालिका-११ मझबाङबाट गए राति अवैध लागूऔषध गाँजासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेहरूमा स्थानीय ४० वर्षीय बुद्धिबहादुर चेपाङ र २४ वर्षीय विनोद चेपाङ रहेका छन् ।
घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij