Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नामिबियाले नेपाललाई दियो २७६ रनको विशाल लक्ष्य

नामिबियाले नेपाललाई दियो २७६ रनको विशाल लक्ष्य

  • 295
    SHARES
  • नामिबियाले नेपाललाई दियो २७६ रनको विशाल लक्ष्य

    काठमाडौं । नामिबियामा जारी आईसीसी लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आयोजक नामिबियाले नेपाललाई ठूलो लक्ष्य प्रदान गरेको छ ।

    images

    खेलमा टस जितेर बलिङ रोजेको नेपालको बलिङ चल्न नसकेपछि नेपालले २७६ रनको लक्ष्य पाएको हो । खेलमा ५० ओभर नै मैदानमा टिकेको आयोजक नामिबियाले सात विकेट गुमाएर २७५ रन बनाएको हो ।

    ५ दशमलव ५ को रन रेट राखेको नामिबियाका ओपनर लो धन्द्री लोउरेन्सले १४ र डिवान ला ककले १८ रन मात्र बनाएका थिए । खेलमा राम्रो सुरुआत गरे पनि नेपाली बलिङले त्यसलाई निरन्तरता दिन सकेन ।

    आठौं ओभरको पाँचौ बलमा २८ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको नामिबियाले ११ औं ओभरको पहिलो बलमा ३४ रन बनाएको अवस्थामा दोस्रो विकेट गुमाएको थियो ।

    तेस्रो नम्बरमा मैदानमा आएका मिचेल भान लिन्गेनले भने सतक प्रहार गरे । खेलमा अविजित उनले १११ बलमा १५ चौका र एक छक्काका साथ ११९ रन बनाएका छन् ।

    ७६ बल खेलेका कप्तान गेरहार्ड एरास्मसले ५३ रनको अर्धसतकीय पारी खेलेका थिए। त्यस्तै जान निकोल लोफटी इटोनले पनि ४० रनको योगदान दिए ।

    नेपालका लागि आज ललित राजवंशीले उत्कृष्ट फिगरको बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर चार विकेट गिराएका हुन् ।

    नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सागर ढकालले समान १-१ विकेट लिए ।

    नेपाली खेलाडीले दुई ओभर मात्र मेडन राख्न सकेका छन्। सोमपाल र गुल्सन झाले एकएक ओभर मेडन राखेका थिए ।

    नेपाले अहिले ब्याटिङ सुरु गरेको छ । ओपनिङमा अर्जुन साउँदसँगै कुशल भुर्तेल आएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology