Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गर्‍यो, कुन दलले कति पाए ? [सूचीसहित]

निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गर्‍यो, कुन दलले कति पाए ? [सूचीसहित]

  • 374
    SHARES
  • निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गर्‍यो, कुन दलले कति पाए ? [सूचीसहित]

    काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ ।

    images

    प्रतिनिधिसभामा ३४ सांसद् पाएको एमालेले प्रदेश–१ मा १५, मधेश प्रदेशमा ८, बाग्मतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद् पाएको छ ।

    यसैगरी कांग्रेसले प्रतिनिधिसभामा ३२, प्रदेश–१ मा १२, मधेश प्रदेशमा ९, बाग्मतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

    त्यस्तै ४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा–१४, प्रदेश–१ मा ४, मधेश प्रदेशमा ४, बाग्मतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।

    २४ सांसद्सहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७,  प्रदेश–१ मा ४, मधेश प्रदेशमा १, बाग्मतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद् पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ ।

    एकीकृत समाजवादीले प्रतिनिधिसभामा समानुपातिक सिट पाएकाे छैन भने प्रदेशसभामा जम्मा ९ सांसद् पाएको छ ।

    नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र  प्रदेशसभामा ९ सांसद् पाएको छ । जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ ।

    प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १,  हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

    newskarkahna-news417980.png

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology