Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रधानमन्त्री देउवा भोलि धनगढी आउँदै

प्रधानमन्त्री देउवा भोलि धनगढी आउँदै

  • 230
    SHARES
  • प्रधानमन्त्री देउवा भोलि धनगढी आउँदै

    धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि धनगढी आउने भएका छन् । मंसिर ४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् ।

    images

    धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औं संस्करण उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

    धनगढी–१ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले बताए ।

    कैलाली उद्योग वाणिज्य संघले देउवासामु १६बुँदे माग राख्ने तयारी गरेको छ । जसको प्राथमिकतामा धनगढीमा स्तरीय प्रदर्शनीस्थल निर्माण गरिनुपर्ने माग रहने अध्यक्ष कुँवरले बताए ।

    त्यसबाहेक सुदूरपश्चिममा औद्योगिक स्थल निर्माण गरिनु पर्ने भारतसँग जोडिएको गौरिफण्टा नाकाको स्तरउन्नती गरिनु पर्ने, धनगढी विमान स्थलको स्तरउन्नती गरिनुपर्ने लगायत माग रहेका छन् ।

    १६औं संस्करणमा सञ्चालन हुने सुदूरपश्चिम महोत्सवमा ४ सय स्टल राखिएका छन् । महोत्सव तयारीमा दुई करोड खर्च लाग्ने अनुमान गरेको उद्योग वाणिज्य संघले महोत्सव अवधिभर ५ देखि ७ करोडको कारोबार हुने अनुमान गरेको छ ।

    महोत्सव अवलोकनका लागि विद्यार्थीलाई परिचय पत्रका आधारमा ५० रुपैयाँ निर्धारण गरिएको छ, भने साधार नागरिकलाई एक सय रुपैयाँ टिकट निर्धारण गरिएको छ । तर जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई भने निःशुल्क रुपमा महोत्सव अवलोकन गर्न दिइने अध्यक्ष कुँवरले बताए ।

    त्यसैगरी पत्रकार र सञ्चारकर्मीलाई सञ्चार गृहले जारी गरेको परिचय पत्रका आधारमा महोत्सव स्थलमा निःशुल्क रुपमा प्रवेश गर्न दिइने अध्यक्ष कुँवरले बताए । महोत्स पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology