सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नरेन्द्र साहले चुनावमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।
वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका साहले चुनावमा शिर्षकसहित जम्मा ३० लाख ९७ हजार खर्च भएको विवरण सार्वजनिक गरेका हुन् ।
उनले चुनावमा कसैबाट सहयोग नलिइ आफ्नो स्वआर्जनको रकम खर्च गरेको उल्लेख गरेका छन् । सबैभन्दा बढी आमसभाकाे मन्च व्यवस्थापन, मतदाता शिक्षा र सवारी साधन लगायतका शिर्षकहरूमा खर्च भएकाे छ ।
‘निर्वाचन कार्यालयमा यो खर्च विवरण बुझाइ सकेको छु,’ उनले भने, ‘निर्वाचन कानुनअनुसार खर्च विवरण बुझाउने र सार्वजनिक गर्ने प्रावधानलाई मैले पालना गरेको छु ।’ संविधानसभा सदस्य भइसकेका साह सामाजिक काम गरेर जनतामाझ लोकप्रिय समाजसेवीकाे रुपमा चिनिन्छन् ।
उनी निर्वाचनमा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीसँग झिनो मतले पराजित भएका थिए । उप्रेतीले ३२ हजार ९ सय ३८ मत पाएका थिए भने साहले ३२ हजार १ सय ६८ मत ल्याएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology