Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पार्टी उम्मेदवारलाई अन्तर्घात गरेर हराएको आरोपमा सर्लाहीका दुई माओवादी पोलिटब्युरो सदस्यमाथि कारबाही सिफारिस 

पार्टी उम्मेदवारलाई अन्तर्घात गरेर हराएको आरोपमा सर्लाहीका दुई माओवादी पोलिटब्युरो सदस्यमाथि कारबाही सिफारिस 

  • 2.2K
    SHARES
  • पार्टी उम्मेदवारलाई अन्तर्घात गरेर हराएको आरोपमा सर्लाहीका दुई माओवादी पोलिटब्युरो सदस्यमाथि कारबाही सिफारिस 

    सर्लाही । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेर हराएको भन्दै नेकपा माओवादी केन्द्रका दुईजना पोलिटब्युरो सदस्यलाई कारबाही गर्न सर्लाहीका चार वटा स्थानीय तहले केन्द्रमा सिफरिस गरेको छ ।

    पार्टीका पोलिटब्युरो सदस्यद्वय रामेश्वर राय र अच्युतम काफ्लेले सर्लाहीमा आफ्नो पार्टीको उम्मेदवरालाई पराजित गराउन अर्काे पार्टीको उम्मेदवारसँग मिलेमतो गरेको आरोप लगाइएको हो ।

    दुबै नेता सर्लाहीकै हुन् । रामेश्वर राय २०७४ सालको चुनावमा सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका नेता हुन् । काफ्ले सर्लाही जिल्ला इन्चार्जको जिम्मेवारीमा समेत छन् ।

    सर्लाहीको हरिवन, बागमती, बरहथवा र कविलासी नगर कमिटीले छुट्टा छुट्टै पत्र लेखेर दुबै जना नेतालाई कारबाही गर्न माग गरेका छन् ।

    नगर कमिटीको बैठक राखेर दुबै नेताले अन्तर्घात गरेको भन्दै कारबाही गर्न मधेस प्रदेश कमिटी र केन्द्रलाई पत्र पठाएको हो ।

    Hariwon Mao.jpeg

    राय माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा पनि छन् । रायले खुलेआम पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेकाले उनलाई कारबाही हुने निश्चित भएको एक नेताले बताए ।

    'रायले पार्टी उम्मेदवारलाई हराउन एमालेसँग मिलेर खुलेआम गतिविधि गरेको प्रमाणसहित पार्टी नेतृत्वको जानकारीमा छ,' ती नेताले भने, 'मधेसी कोटाबाट समानुपातिक सूचीमा परे पनि उनलाई पार्टीले कारबाही गर्ने र कुनै हालतमा समानुपातिकबाट सांसद नबनाउने निश्चत भइसकेको छ । यस्ता अन्तर्घाती रहुन्जेल पार्टी कहिल्यै माथि उठ्न सक्दैन । नेताको नाममा अन्तर्घाती कलंकलाई हामी स्वीकार्न सक्दैनौं ।'   

    Bagmati Mao .jpeg

    राय र काफ्लेले माओवादी केन्द्रको भागमा परेको सर्लाही ३ का उम्मेदवार नरेन्द्र साहलाई अन्तर्घात गरेर पराजित गराउन भूमिका खेलको पार्टीले निष्कर्ष निकालेको हो ।

    गठबन्धनबाट उम्मेदवार बनेका साहको जित सुनिश्चित मानिएको थियो । तर, पार्टी नेताकै अन्तर्घातका कारण झिनो मतले साह पराजित भएका थिए ।

    साहलाई जित्न नदिन रायले निर्वाचनअघि एमालेका नेताहरूसँग गोप्य बैठकहरू गरेका थिए । उनले पार्टीलाई अन्तर्घात गर्दै एमाले नेतासँग गोप्य बैठक गरेको फोटोसमेत सार्वजनिक भएको छ ।

    एमाले नेतासँग रातारात गरेको गोप्य बैठकको फोटोसहित रायलाई कारबाही गर्न केन्द्रमा पत्राचार गरिएको एक नेताले बताए ।

    निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार साह एमालेका नेता हरि उप्रेतीसँग हारेका थिए । उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा कलवारले ३२ हजार १६८ मत ल्याएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij