Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

प्रधानन्यायाधीश छिर्ने गेट बन्द

प्रधानन्यायाधीश छिर्ने गेट बन्द

  • 369
    SHARES
  • प्रधानन्यायाधीश छिर्ने गेट बन्द

    काठमाडौं । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा छिर्ने गेट बन्द गरिएको छ ।

    सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ ।

    कानुन व्यवसायीहरू नेपाल बारको भवनतर्फबाट सर्वोच्च परिसरमा आइसकेका छन् । उनीहरूले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न नदिने र आज पनि धर्नामा बस्ने जनाएका छन् ।

    सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij