Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

व्यवस्थित पार्किङ बनाउन सरोकारवाला निकाय सक्रिय

व्यवस्थित पार्किङ बनाउन सरोकारवाला निकाय सक्रिय

  • 351
    SHARES
  • व्यवस्थित पार्किङ बनाउन सरोकारवाला निकाय सक्रिय

    वीरगञ्ज । वीरगञ्जमा पार्किङको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरू सक्रिय भएका छन् । बजार क्षेत्रको पार्किङ समस्या समाधान गर्ने पहिलो प्राथमिकताका साथ सम्बन्धित निकाय सक्रिय भएका हुन् ।

    वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक सेवा केन्द्रलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि ट्राफिक व्यवस्थापनमा लागेका छन् ।

    व्यवस्थापनका लागि वीरगञ्ज  क्षेत्रका विभिन्न स्थानलाई पार्किङस्थलको रूपमा प्रयोग गर्न थालिएको छ ।

    चार तथा दुई पाङ्ग्रे सवारी पार्किङ गर्न विर्तास्थित मालपोत कार्यालय, हजारी मल ट्रष्ट, पुरानो बसपार्क, गीता मन्दिर छेउ र घण्टाघर नजिकको बीपी उद्यानको खाली जमिनमा व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

    ती स्थानमा पार्किङ गर्न ठाउँ उपलब्ध गराएपछि त्यहाँको व्यवस्थापन सम्बन्धित निकायले गर्नेछन् ।

    यद्यपी विर्तास्थित वीरगञ्ज उद्योग वाणिज्य संघदेखि मकालु चोक, आदर्शनगर माईस्थानसम्म र घण्टाघरदेखि लिंक रोडको दुवैतर्फ चार पाङ्ग्रे सवारी साधनको पार्किङ निषेध गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पार्किङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij