Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

इजरायल र हमासबीच युद्धविराम

इजरायल र हमासबीच युद्धविराम

  • 757
    SHARES
  • इजरायल र हमासबीच युद्धविराम

    गाजा सिटी । इजरायल र प्यालेस्टिनी कट्टरपन्थी हमासबीच ११ दिनको युद्धपछि आपसी सहमतिमा युद्धविराम भएको छ । यस अवधिमा २४० जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । केही घण्टा अघि इजरायली मन्त्रिपरिषद्ले आपसी सहमति र विना शर्त युद्धविरामको निर्णयलाई अनुमोदन गरेको हो ।

    हमासका एक अधिकारीले मेलमिलाप र आपसी सहमतिमा भएको युद्धविराम शुक्रबारको बिहान इजरायली समयअनुसार २ बजेबाट लागू गरिएको भएको अल जजिराले जनाएकाे छ ।

    युद्धविरामपछि गाजा र प्यालेस्टाइन क्षेत्रका हजारौं व्यक्तिहरू सबेरै सडकमा निस्किएर झण्डा फहराएर उत्सव मनाएका छन् । 

    अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम लागू हुने समयको पुष्टि गरेको बताएका छन् । उनले भने, 'युद्धविरामले दुवै पक्षलाई प्रगतिको वास्तविक अवसर दिएको छ ।'

    बिहीबार पनि बिहानैदेखि दुवै पक्षबीच विभिन्न स्थानमा भीषण हमला भइरहेको थियो । आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका थिए । 

    इजरायलको राजनीतिक सुरक्षा मन्त्रालयले युद्धविराम प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गरेको छ । इजरायलका रक्षामन्त्री बेनी गान्ट्जले ट्वीटरमा भनेका छन् 'गाजा अभियानबाट इजरायललाई अभूतपूर्व सैनिक फाइदा पुगेको छ ।'

    हमासका एक अधिकारीले समाचारएजेन्सी एएफपीसँग इजरायलको युद्धविरामको घोषणा प्यालेस्टिनी जनताको जीत र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको हार भएको प्रतिक्रिया दिएका छन् । 

    हमास नेता अली बराकेहले मध्यस्थहरूले युद्धविरामलाई अन्तिम रुप नदिएसम्म हमास सतर्क रहने बताएका छन् । युद्धविरामको घोषणा भएको केही मिनेटमै इजरायली सेनाले दक्षिणी इजरायलमा चेतावनीको साइरन बजेको बताएको छ । गाजाबाट रकेट आक्रमण भएको अवस्थामा मात्र त्यहाँ साइरन बज्छ । 

    अर्कोतर्फ, प्यालेस्टिनी मिडियाले गाजा क्षेत्रमा शुक्रबार फेरि हवाई हमला भएको जनाएका छन् । 

    अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामपछि नेतान्याहूलाई फोन गरेर हमासलगायत अन्य चरमपन्थीको रकेट हमलाबाट इजरायलको रक्षा गर्ने अधिकारलाई अमेरिकाले समर्थन गर्ने बताएका छन् । बाइडेनले द्वन्द्वले जनतामा परेको असर उल्लेख गर्दै युद्धविरामका लागि इजिप्टका राष्ट्रपति अल सिसीले गरेको प्रयासको पनि प्रशंसा गरे । 

    उनले गाजामा संयुक्त राष्ट्र संघसँग मिलेर मानवीय सहायता पुर्याउनका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    अमेरिकी राष्ट्रपति जो बाइडेनले कारबाही रोक्न इजरायली प्रधानमन्त्री नेतान्याहूलाई पटकपटक आग्रह गरेका थिए ।

    इजरायल र हमासबीचको पछिल्लो युद्ध गत मे १० तारिखदेखि सुरु भएको हो । पूर्वी जेरुसेलमस्थित अल अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच निकै दिनदेखि जारी भिडन्तपश्चात हमास लडाकूले जेरुसेलमलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले हमासविरुद्ध कारबाही थालेको थियो । 

    अल अक्सा मस्जिद परिसरमा प्रहरीको दमनका साथै यहूदीहरुले दर्जनौं प्यालेस्टिनी परिवारलाई विस्थापित गर्न खोजेपछि परिस्थिति अझ जटिल बनेको थियो । 

    त्यसयता, इजरायलले सयौं हवाई हमला गरिसकेको छ । इजरायलको भनाईमा यी आक्रमणहरु हमासका सबै किसिमका पूर्वाधार ध्वस्त बनाउन केन्द्रित थियाे । हमासले पनि चार हजारभन्दा बढी क्षेप्यास्त्रहरु इजरायलतर्फ प्रहार गरेको जनाएको छ ।  

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट कम्तीमा २ सय २७ जनाको मृत्यु भएको छ जसमा ६४ जना बालबालिका र ३८ जना महिला छन् । आक्रमणबाट एक हजार ६ सय २० जनाभन्दा बढी घाइते भएका छन् ।

    हमास र इस्लामिक जिहादले आफ्ना कम्तीमा २० जना लडाकू मारिएको जनाएका छन् तर इजरायलले एक सय ३० जना हमास लडाकू मारिएको दाबी गरेको छ । 

    इजरायली आक्रमणको त्रासका कारण झण्डै ५८ हजार प्यालेस्टिनी विस्थापित भएका छन् । इजरायलतर्फ पाँच वर्षका एक बालकसहित १२ जनाको मृत्यु भएको छ । 

    इजरायली आक्रमणबाट गाजामा कम्तीमा १८ वटा अस्पताल र क्लिनिकमा क्षति पुगेको छ भने एउटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् २०१४ यताको सबैभन्दा डरलाग्दो हमला मानिएको यस पटकको युद्धलाई लिएर विश्वका विभिन्न स्थानमा इजरायलविरुद्ध प्रदर्शनहरु भएका थिए । 

    इजरायल युद्धः बमले पूर्वाधार ध्वस्त, गाजामा औषधि, खानेपानी, बिजुली छैन् इजरायल युद्धः बमले पूर्वाधार ध्वस्त, गाजामा औषधि, खानेपानी, बिजुली छैन् इजरायलमा युद्धविराम रोक्न बाइडेनको अपील, युएनमा अमेरिकाको अवरोध कायमै  इजरायलमा युद्धविराम रोक्न बाइडेनको अपील, युएनमा अमेरिकाको अवरोध कायमै 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij