वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले प्रधानमन्त्रीले राजीनामा नदिएको अवस्थामा राष्ट्रपतिबाट नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नु असंवैधानिक भएको टिप्पणी गरेकी छिन् ।
सांसद डा.संग्रौलाले नयाँ सरकार गठन जस्तो गम्भीर विषयमा २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गर्नुले संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताइन् ।
‘प्रधानमन्त्री केपी ओलीले संविधान धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको सरकारले विश्वासको मत नलिइ राजीनामा समेत नदिएको अबस्थामा नयाँ सरकार गठनको लागि राष्ट्रपतिबाट समय तोकिनु असंवैधानिक र आपत्तिजनक छ,'सामाजिक सञ्जाल फेसबुकमा उनले भनिन्, 'नयाँ सरकार गठन जस्तो गम्भीर विषयमा २४ घन्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो । संविधानको रक्षाको लागि सबै एक ठाउँमा उभिनु अब हाम्रो सामु विकल्प छैन ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij