Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

यी हुन् नेसपा बैठकले गरेका निर्णयहरू  

यी हुन् नेसपा बैठकले गरेका निर्णयहरू  

  • 2.1K
    SHARES
  • यी हुन् नेसपा बैठकले गरेका निर्णयहरू  

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को आज शनिबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले आगामी कार्ययोजना, रणनीति र पार्टी एकताबारे निर्णय गर्न पुस १५ गतेभित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय गरेको छ ।

    शुक्रबारदेखि पार्टी कार्यालय सुविधानगरमा सुरु भएको बैठकमा भर्खरै सम्पन्न निर्वाचन बारेमा प्रदेशहरूबाट रिपोर्टिङ र समीक्षा हुनुका साथै वर्तमान राजनीतिक सन्दर्भमाथि छलफल गरिएको थियो ।

    बैठक मार्फत् निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदाताहरूलाई धन्यवाद ज्ञापन पनि गरिएको छ ।

    नेसपाका उम्मेदवारहरूमध्ये सर्लाही–२ मा प्रतिनिधिसभा सदस्यमा महिन्द्र राय यादव विजयी भएका छन् । त्यस्तै प्रदेशसभामा सिन्धुली र गोरखामा गंगा नारायण श्रेष्ठ र फणीन्द्र देवकोटा विजयी भएका छन् ।

    त्यस्तै मधेसबाट प्रतिनिधित्व हुने गरी समानुपातिकतर्फ उमरावती यादवलाई प्रतिनिधिसभामा पठाउने र लुम्बिनी प्रदेशमा समानुपातिक प्रणालीतर्फबाट राजु नेपालीलाई पठाउने निर्णय पनि बैठकले गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij