Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बेलायतको आवासीय क्षेत्रमा विस्फोट, एकजनाको मृत्यु

बेलायतको आवासीय क्षेत्रमा विस्फोट, एकजनाको मृत्यु

  • 647
    SHARES
  • बेलायतको आवासीय क्षेत्रमा विस्फोट, एकजनाको मृत्यु

    लन्डन । जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको र अन्य धेरै बेपत्ता भएका प्रहरीले जनाएको छ ।

    आगो निभाइएको तर आपतकालीन सेवाहरूले अझै पनि ‘महत्वपूर्ण काम’ गरिरहेका प्राप्त विवरणहरूमा जनाइएको छ । प्रहरीका अनुसार  घटनास्थलमा एम्बुलेन्सको लाइन लागेको छ।

    विहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको गन्ध आएको रिपोर्ट गरेपछि अग्नि नियन्त्रकको टोली परिचालन गरिएको जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथले पत्रकारहरूलाई बताए ।

    उनले भने, ‘तीन तले भवन छ जुन पूर्ण रूपमा भत्किएको छ । त्यहाँ नजिकैको भवनमा पनि क्षति पुगेको छ । अर्को ब्लकमा फायर सर्भिसले सुरक्षित बनाउन आवश्यक छ ।’

    करिब एक दर्जन व्यक्तिहरू हराइरहेका स्मिथले बताए ।

     

  • सम्बन्धित विषय:

  • # विस्फोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij