Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

खहरे खोलाको पानी ल्याउन श्रमदान

खहरे खोलाको पानी ल्याउन श्रमदान

  • 368
    SHARES
  • खहरे खोलाको पानी ल्याउन श्रमदान

    चितवन । चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका-१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् ।

    भरतपुर-२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् ।

    पानी ल्याउन ट्यांकी क्षेत्रमा झाडी सफा गर्ने काम सकिएको छ । भरतपुर महानगरपालिका-१ अन्तर्गत पर्ने रामनगरका बासिन्दाले शुद्ध पानी पिउन नपाएको वषैं भइसक्यो ।

    रामनगरमा खानेपानी ल्याउनका लागि चितवन क्षेत्र नं-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानले १० दिनअघि श्रमदान अभियानको सुरुआत गरेका छन् ।

    सहजरूपमा पानी खान नपाएको समस्या थाहा पाएपछि लामिछानेले रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयसँग छलफल गरेका थिए । लगत्तै उनकै नेतृत्वमा श्रमदान अभियान सुरु भएको हो ।

    २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो । त्यसबेला रामनगरमा चार पानी ट्यांकी निर्माण गरिएका थिए ।

    जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्यांकी क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाई गर्दै खानेपानीका लागि पहल भइरहेको छ ।

    स्थानीय सीता भट्टले नगरवासीको मुख्य समस्या पानीको रहेको बताइन् । ‘इनारको पानी खान बाध्य छौँ’, उनले भनिन् ।

    हाल दैनिक एक सय जना जनश्रममा जुटेका छन् । स्थानीय राधा कुँवर र भोलादेवी कुँवर गुप्ता पनि घरको काम छाडेर जनश्रममा जुटेको बताउँछन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij