Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

शेयर बजारमा ३१ अंकको गिरावट

शेयर बजारमा ३१ अंकको गिरावट

  • 335
    SHARES
  • शेयर बजारमा ३१ अंकको गिरावट

    काठमाडौं । कारोबारको पहिलो दिन आज शेयर बजारमा उच्च अंकको गिरावट भएको छ ।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.९७ अंकले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ अंकमा कायम भएको छ ।

    यसदिन २५३ कम्पनीको ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर २४ हजार ६ सय ४४ पटक खरिद बिक्री हुँदा १ अर्ब १० करोड ३४ लाख चार हजार बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८० कम्पनीको मूल्य घटेको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ९८.४० अंकले र उत्पादन समूहको उपसूचक ८२ अंकले घटेको छ ।

    नेप्सेका अनुसार बैंकिङ समूह ३०.८०, विकास बैंक समूह ४७.९१, वित्त समूह २०.९९ र होटल तथा पर्यटन समूह २७.६१ अंकले घटेको छ ।

    यस्तै जलविद्युत् समूह २६.६१, लगानी समूह ०.६९, जीवन बीमा समूह ७८.४४, लघुवित्त समूह ५५.३४, म्युचुलअ फन्ड समूह ०.१३ र अन्य समूह २१.०८ अंकले घटेको छ । आजको कारोबारमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    यसदिन समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर ०९.९९ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको ०९.५० अंकले बढेको छ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हाे ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९३ लाख ६७ हजार नौ सय २६ बराबरको दुई लाख तीन हजार छ सय २० कित्ता सेयर खरिद बिक्री भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij