Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

आजदेखि ब्लु टिक मार्कबापत शुल्क लिँदै ट्वीटर, पैसा तिर्नेलाई एडिट अप्सनको सुविधा

आजदेखि ब्लु टिक मार्कबापत शुल्क लिँदै ट्वीटर, पैसा तिर्नेलाई एडिट अप्सनको सुविधा

  • 372
    SHARES
  • आजदेखि ब्लु टिक मार्कबापत शुल्क लिँदै ट्वीटर, पैसा तिर्नेलाई एडिट अप्सनको सुविधा

    काठमाडौं । एलन मस्कको कम्पनी ट्वीटरले सोमबार (आज) बाट आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरी सुरु गर्ने भएको छ ।  ट्वीटरले आइतबार नै यसको जानकारी गराइसकेको छ ।

    images

    ट्वीटरका अनुसार १२ डिसेम्बर (आज) आफ्नो ब्लु सब्सक्रिप्सन सेवा फेरी सुरु गर्नेछ । यसको मूल्य एन्ड्रोइड युजरका लागि ८ अमेरिकी डलर र आईफोन यूजरका लागि ११ डलर प्रति महिना तोकिएको छ। मस्कले आईफोन युजरका लागि ट्वीटर ब्लु सब्सक्रिप्सन सेवाको मूल्य बढाएका हुन् । 

    एप्पलले ३० प्रतिशत आईओएस एपबाट पैसा असुल्ने गरेको कारण देखाउँदै मूल्य बढाएको ट्वीटरको तर्क छ। ट्वीटर बिजनेस एकाउन्ट र सरकारी एकाउन्टका लागि अलग्गै चेकमार्क ल्याउने तयारीमा छ । 

    सुविधाहरू
    कम्पनीका अनुसार, ‘हामी सोमबार ट्वीटर ब्लुलाई फेरि सार्वजनिक गर्दैछौं । वेबमा ८ डलर प्रति महिना र आईओएसमा ११ डलर प्रति महिनाको दरले सब्सक्राइभ गर्नुहोला । यसमामात्र सब्सक्राइबरका लागि उपलब्ध सुविधाको फाइदा उठाउन सकिन्छ, जसमा ब्लु चेकमार्क पनि समेटिएको छ ।’ 

    सब्सक्राइब गर्ने प्रयोगकर्ताले आफ्नो ट्विट एडिट पनि गर्न पाउँछन् । साथै १०८० पी को भिडियो अपलोड, रिडर मोड  र एउटा नीलो चेकमार्क पनि पाउँछन्। यसबाहेक बिजनेस एकाउन्टका लागि गोल्डेन अफिसियल लेबल र सरकारी अकाउन्टका लागि एउटा ग्रे चेकमार्क पनि आउने ट्वीटरले जानकारी दिएको छ ।


     

  • सम्बन्धित विषय:

  • # ट्वीटर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology