Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सरकारले ल्याउन खोजेको अध्यादेश आपत्तिजनक छ : कमल थापा

सरकारले ल्याउन खोजेको अध्यादेश आपत्तिजनक छ : कमल थापा

  • 236
    SHARES
  • सरकारले ल्याउन खोजेको अध्यादेश आपत्तिजनक छ : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फौजदारी अपराध संहिता कार्यविधि संशोधन गर्न सकारले ल्याउन खोजको अध्यादेश आपत्ति जनक रहेको बताएका छन् ।

    उनले नयाँ संसद्को बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिने गरी सरकारले ल्याउन खोजेको अध्यादेशप्रति आपत्तिजनक जनाउँदै तत्काल रोक्न माग गरेका हुन् ।

    ‘सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक छ । लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपाल माग गर्दछ,’ थापाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जेलमा रहेका रेशम चौधरी र विभिन्न मुद्दा लागेका नेत्रविक्रम चन्द विप्लवका नेताविरूद्ध अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप गर्न सरकारले फौजदारी अपराध संहिता कार्यविधि संशोधन गर्न अध्यादेश ल्याउने आइतबार निर्णय गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij