वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य भीम रावलले संविधानको धारा ७६ (४) छल्न नमिल्ने भएकोले राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्न नसक्ने धारणा राखेका छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७५ (५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेता रावलले संविधानको धारा ७६ (४) बाध्यकारी भएको भन्दै छल्न नमिल्ने धारणा राखेका हुन् ।
‘नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक होइन बाध्यकारी हो । यसलाई छल्न मिल्दैन,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नागरिकता देशको अस्मिता र अस्तित्वसंग गाँसिएको विषय हो । यसलाई कुर्सीको खेलसँ ग कदापि जोड्नु हुन्न । नगरिकताबारे संविधानसभामा धेरै बहस भई संविधानमा लेखिएकोभन्दा फरक किसमले जानु नेपाल र नेपालीको हितविरूद्ध हुन्छ ।’
रावल एमालेको विवाद समाधानका लागि आइतबार गठित कार्यदलमा नेपालपक्षका संयोजकसमेत हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij