Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कुटपिटबाट वृद्धाको मृत्यु

कुटपिटबाट वृद्धाको मृत्यु

  • 286
    SHARES
  • कुटपिटबाट वृद्धाको मृत्यु

    सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आज कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ ।

    चक्रघट्टा-२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

    छिमेकी पुकार रायसँग जग्गाको विषयमा विवाद हुँदा कुटपिटबाट रायको मृत्यु भएको हो । पुकार रायको घर परिवारका सदस्यको कुटाइबाट आफ्नी आमाको मृत्यु भएको मृतककी छोरी सिकिलियादेवी यादवले बताइन् ।

    मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको छ । घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij