Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जरिवाना मिनाहाको माग गर्दै मेयर बालेन साहले निर्वाचन आयोगमा निवेदन दिए

जरिवाना मिनाहाको माग गर्दै मेयर बालेन साहले निर्वाचन आयोगमा निवेदन दिए

  • 327
    SHARES
  • जरिवाना मिनाहाको माग गर्दै मेयर बालेन साहले  निर्वाचन आयोगमा निवेदन दिए

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समयमा खर्च विवरण बुझाएनन् ।

    तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै आयोगले साहलाई साढे ७ लाख रूपैयाँ जरिवाना तोकेको छ ।

    उक्त जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकाले साहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका हुन् ।

    आयोगमा खर्च विवरण नबुझाएका बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने सार्वजनिक गरिसकेका छन् । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij