Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

प्रधानमन्त्री देउवासमक्ष निर्वाचन परिणाम पेस

प्रधानमन्त्री देउवासमक्ष निर्वाचन परिणाम पेस

  • 416
    SHARES
  • प्रधानमन्त्री देउवासमक्ष निर्वाचन परिणाम पेस

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरेको छ ।

    बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेर निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो ।

    त्यसअघि बिहीबार नै आयोग पदाधिकारीको टोलीले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि हस्तान्तरण गरेको थियो ।

    ४ मंसिरमा निर्वाचन भएको मतपरिणाम आयोगले २५ दिनभित्रै सम्पन्न गरेको छ । निर्वाचन मतपरिणाम राष्ट्रपतिलाई बुझाएपछि अब नयाँ सरकार बन्ने बाटो खुलेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij