Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दमकमा फोहोरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

दमकमा फोहोरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

  • 269
    SHARES
  • दमकमा फोहोरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

    झापा । दमक नगरपालिकामा जैविक फोहोरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ । यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापनसमेत गरेको छ ।

    दमक-२ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासलाई ‘रिफिल’ गर्नका लागि दमक-८ मा ‘रिफिल सेन्टर’ स्थापना हुने भएको हो । नगरपालिकाको कार्यपालिका बैठकले दमक-८ स्थित सरस्वती माविको जग्गामा ‘रिफिल स्टेसन’ बनाउने निर्णय थियो ।

    यसका लागि जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ । नगरपालिकाले गत कात्तिक १९ गते रिफिलिङ सेन्टरका लागि जग्गा खोजी गर्न वडाध्यक्ष टेकबहादुर थापाको संयोजकत्वमा समिति बनाएको थियो ।

    सोही समितिको प्रतिवेदनअनुसार रिफिल सेन्टर बनाउन जग्गा दिने निर्णय गरिएको हो । उत्पादित ग्यास खेर गइरहेको भनेर नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्सले नगरपालिकासमक्ष जग्गा उपलब्ध गराइदिन माग गरेको थियो ।

    दमकमा नमूनाको रूपमा रहेको फोहाेरबाट ऊर्जा उत्पादनको परियोजनाबाट ग्यास उत्पादन भएपनि अहिले यसलाई त्यसै डढाएर फ्याँक्ने गरिएको छ । दमक तथा आसपासका क्षेत्रमा कुद्ने सिटी सफारीलगायतका हलुका सवारी साधनलाई ग्यासबाट चल्ने बनाएर रिफिल गर्न सकिने छ ।

    नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध सञ्चालक बिमल खतिवडाले यस परियोजनाअन्तर्गत दैनिक १ हजार ८४ केजी ग्यास उत्पादन गर्न सकिने अवस्था रहेको बताए ।

    दमकमा उत्पादित फोहाेरबाट ऊर्जा अर्थात् ग्यास उत्पादन गरेर कम्तीमा १५ सय परिवारलाई पाइपलाइनमार्फत वितरण गर्ने उद्देश्य राखिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij