Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

  • 280
    SHARES
  • सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

    काठमाडौं । काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

    काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि बा५ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामंगल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो ।

    बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

    दुर्घटनामा संलग्न बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij