Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

रेशम चौधरीको रिहाइको माग गर्दै प्रदर्शन

रेशम चौधरीको रिहाइको माग गर्दै प्रदर्शन

  • 305
    SHARES
  • रेशम चौधरीको रिहाइको माग गर्दै प्रदर्शन

    काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भएको छ ।

    नागरिक उन्मुक्ति पार्टीले शुक्रबार चौधरीको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो ।

    चौधरीसहितलाई आममाफी दिने उद्देश्यले सरकारकाले राष्ट्रपतिसमक्ष मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न पेस गरेको छ ।

    गत सोमबार सरकारले अध्यादेश पेस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले भने जारी गरेकी छैनन् ।

    उक्त अध्यादेश जारी गराउन दबाब स्वरूप नागरिक उन्मुक्ति पार्टीले काठमाडौंमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो देश राम्रो अध्यादेश’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

    1.jpg

    1a.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij